काठमाडौँ । जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।
शुक्रबार देउखुरी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा आर्मीले गण्डकीलाई ६ विकेटले पराजित गरेको हो ।
गण्डकीले दिएको ११७ रनको लक्ष्य पछाएको आर्मीले २६.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
आर्मीको जितमा तृतराज दासले सर्बाधिक ३७ रन बनाए भने बसिर अहमदले ३२ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको गण्डकी प्रदेशले अर्जुन कुमालको ३३ र दीपक डुम्रेको १९ रनको मद्धतले ३०.३ ओभरमा अल आउट हुदै ११६ रन बनाएको थियो । त्यसैगरी आर्मीका बलर शाहाब आलमले ५ विकेट लिए भने नरेन साउद र कुशल मल्लले २-२ विकेट लिएका थिए ।
यो जितपछि आर्मीले आफ्ना ७ खेलमा छैटौं जित हासिल गर्दै १२ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै गण्डकी प्रदेशले भने ७ खेलमा छैटौं हार बेहोरेको छ ।