काठमाडौँ । पछिल्लो तीन बर्षमा भारतका तीन स्टार क्रिकेटरको सम्बन्ध बिच्छेद भएको छ ।
स्टार क्रिकेटर युजवेन्द्र चहल र धनश्री वर्माले चार वर्षको वैवाहिक जीवनपछि बिहीबार सम्बन्ध विच्छेद गरेका छन्। बिहीबार, बान्द्रा परिवार अदालतले चहल र धनश्रीको सम्बन्ध बिच्छेदको अनुमति दिएको थियो । केही समयदेखि यी दुईबीच मतभेद भएको खबर आएको थियो। अब दुवै आधिकारिक रूपमा अलग भइसकेका छन् ।
दुवैको विवाह डिसेम्बर २०२० मा भएको थियो । चहल र धनश्रीको सम्बन्ध विच्छेदको बारेमा, चहलको प्रतिनिधित्व गर्ने वकिल नितिन कुमार गुप्ताले अदालतले सम्बन्ध विच्छेदको आदेशलाई अनुमोदन गरेको जानकारी दिएका छन् ।
यस अघि शिखर धावन र हार्दिक पाण्डेयको सम्बन्ध बिच्छेद भएको थियो ।
शिखर धवन र आयशा मुखर्जी
भारतीय क्रिकेटर शिखर धवन र उनकी पूर्वपत्नी आयशा मुखर्जी कानुनी रूपमा २०२३ मा कानुनी रुपमा अलग भएका थिए । दुवैको विवाह २०१२ मा भएको थियो भने २०२१ देखि अलग बसेका थिए ।
शिखर र आयशाको सम्बन्ध विच्छेदको कारण आयशाको पहिलो विवाह थियो । उनले आफ्नो पहिलो श्रीमानलाई छोरीहरूको हेरचाह गर्ने र अष्ट्रेलिया नछोड्ने वाचा गरेकी थिइन् । त्यही समयमा, उनले धवनलाई आफू उनीसँगै बस्ने बताइन् । विवाहपछि उनी छोरा जोरावर र दुई छोरीहरूसँग अष्ट्रेलियामा बस्दै आएकी थिइन् । यसै कारणले गर्दा दुई जनाबीच फाटो आयो र सम्बन्ध बिच्छेद भएको थियो । आयशा शिखर भन्दा १२ बर्ष जेठी थिइन् ।
हार्दिक पाण्ड्या र नताशा स्टान्कोभिक
भारतीय अलराउन्डर हार्दिक पाण्ड्या र नताशा स्टान्कोभिकको पनि सम्बन्ध बिच्छेद भएको छ ।
दुवैले गत वर्ष जुलाईमा आपसी सहमतिमा अलग हुने घोषणा गरेका थिए । हार्दिक र नाताशाले आफ्नो ४ वर्षको साथलाई अलग गरेका थिए । दुवैका एक छोरा छन् । दुवैको विवाह २०२० मा भएको थियो ।