• २०८१ चैत ८ शुक्रबार

पीएम कपमा आज तीन खेल हुदै

kharibot

काठमाडौँ । जारी पीएम कपमा आज तीन खेल हुदै छन् ।

आज गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा गण्डकी प्रदेशले ६ खेलमा एक जित र ५ हार बेहोरेको छ भने आर्मीले खेलेका ६ खेलमा ५ जित र एक हार बेहोरेको छ ।

त्यस्तै आज अर्को खेल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा नेपाल एपीएफले ५ खेलमा ३ जित र २ हार बेहोरेको छ भने सुदूरपश्चिम प्रदेशले ६ खेलमा २ जित ४ हार बेहोरेको छ । 

त्यस्तै आज अर्को खेल कर्णाली प्रदेश र मधेश प्रदेशबीच हुदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा कर्णालीले ६ खेलमा ३ जित र ३ हार बेहोरेको छ भने मधेश प्रदेशले आफ्ना ५ खेलमा २ जित र ३ हार बेहोरेको रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै