काठमाडौँ । जारी पीएम कप अन्तर्गत कर्णाली प्रदेशले लुम्बिनी प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । विहिबार सिद्धार्थनगर रंगशाला, भैरहवामा सम्पन्न खेलमा कर्णालीले लुम्बिनीलाई ५ रनले पराजित गरेको हो ।
कर्णालीले दिएको २०६ रनको लक्ष्य पछाएको लुम्बिनीले ४९.४ ओभरमा अलआउट हुदै २०० रन बनाएको थियो ।
लुम्बिनीका लागि प्रज्वल थापाले ८४ रन बनाएका थिए भने कप्तान देव खनालले ४० रन बनाएका थिए । त्यस्तै कर्णालीका बलर दिनेश अधिकारी र दिपेन्द्र रावतले ३-३ विकेट लिएका थिए भने प्रकाश जैशीले २ विकेट लिएका थिए ।
यस अघि कर्णालीले टस जितेर पहिला ब्याटिंग गर्दै दिपेन्द्र रावतको ६६ र अर्जुन घर्तिको ५६ रनको मद्धतले ४८.५ ओभरमा अल आउट हुदै २०५ रन बनाएको थियो ।
यो जितसँगै कर्णालीको ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक हासिल गरेको छ भने लुम्बिनीले तेस्रो हार बेहोरेको छ । लुम्बिनीको ७ खेलमा ८ अंकसहित तेस्रो स्थानमा रहेको छ ।