काठमाडौँ । जारी पीएम कपमा आज दुई खेल हुदै छन् ।
आज नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ ।
जारी प्रतियोगितामा नेपाल पुलिस क्लब अपराजित रहदै ६ जितका साथ १२ अंकसहित शिर्ष स्थानमा छ भने बागमती प्रदेशले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ ।
त्यस्तै आज अर्को खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच हुदै हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ ।
जारी प्रतियोगितामा लुम्बिनीले ६ खेलमा ४ जित र २ हारसहित ८ अंक बटुलेको छ र हाल तेस्रो स्थानमा रहेको छ । त्यस्तै कर्णाली प्रदेशले ५ खेलमा २ जित र ३ हारसहित ४ अंक बटुलेर पाँचौं स्थानमा रहेको छ ।