• २०८१ चैत ८ शुक्रबार

यस्तो छ सिंगापुरविरुद्ध खेल्ने नेपाली प्लेइङ ११

kharibot

काठमाडौँ । नेपालको आज सिंगापुरविरुद्ध खेल्ने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्लेइङ ११ सार्बजनिक गरिएको छ ।

टिमका मुख्य प्रशिक्षक म्याट रसले सिंगापुरविरुद्ध कप्तान किरण चेम्जोङको नेतृत्वमा ११ खेलाडीको चयन गरेका हुन् ।

जसमा किरण चेम्जोङ- गोलकिपर, कप्तान, अनन्त तामाङ, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, रोहित चन्द, अरिक विष्ट, मनिष डाँगी, गिलेस्पी जंग कार्की, अन्जन विष्ट, आयुष घलान र सुमित श्रेष्ठ रहेका छन् ।

नेपालले यो खेलपछि मलेसियासँग एएफसी एशियन कपको छनोट खेल खेल्नेछ । एक वर्षको कार्यकालका लागि प्रशिक्षकमा नियुक्त भएका रसको यो पहिलो खेल रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै