• २०८१ चैत ८ शुक्रबार

सुदूरपश्चिममाथि एपीएफको ३ विकेटको जित

kharibot

काठमाडौँ । जारी पीएम कप अन्तर्गत एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको हो । भैरहवास्थित सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिमलाई ३ विकेटले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको १९२ रनको लक्ष्य पछाएको एपीएफले ३६.३ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । एपीएफको जितमा सन्दीप जोराले ५१ रन बनाए भने आसिफ सेखले ३२ रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले निश्चल क्षेत्रीको ५७ र प्रकाश पाण्डेको ४२ रनको मद्धतले ४८.५ ओभरमा अल आउट हुदै १९१ रन बनाएको थियो । त्यस्तै एपीएफका अमर राउतेला र कप्तान रोहित पौडेलले ३-३ तथा भुवन कार्कीले २ विकेट लिएका थिए ।

यो जितपछि एपीएफले ६ खेलमा चौथो जित हासिल गरको छ र ८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै सुदूरपश्चिमको ७ खेलमा २ जित र ५ हारसहित ४ अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै