काठमाडौँ । जारी पीएम कपमा आज एक खेल हुदै छ ।
लमहीस्थित देउखुरी क्रिकेट स्टेडियममा आज बागमती प्रदेश र कोशी प्रदेशबीच खेल हुदै छन् । यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा बागमती प्रदेशले अहिलेसम्म खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको छ भने कोशी प्रदेशले ६ खेलमा एक जित र ५ हार बेहोरेको छ ।
पीएम कपमा अहिलेसम्म नेपाल पुलिस क्लब ७ खेलमा अपराजित रहदै १४ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै त्रिभुवन आर्मी क्लब ७ खेलमा ६ जितसहित १२ अंक हासिल गरेर दोस्रो स्थानमा रहेको छ ।