काठमाडौँ । राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीको निधन भएको छ । अधिकारीको अमेरिकाको बोस्टनमा उपचारको क्रममा शुक्रबार निधन भएको राप्रपा नेपालले जानकारी दिएको छ ।
प्रखर राष्ट्रबादी ब्यक्तित्व अधिकारीको निधनले सिङ्गो पार्टी र राष्ट्रबादी आन्दोलनलाई अपुरणिय क्षति पुगेको राप्रपा नेपालले उल्लेख गरेको छ ।
अधिकारीको जन्म २०१३ सालमा संखुवासभा जिल्लामा भएको थियो । उनका एक छोरा, एक छोरी र श्रीमती रहेका छन् ।
अधिकारीको निधनमा राप्रपा नेपालले केन्द्रीय कार्यालयका साथै देशभरका कार्यालयहरुमा ३ दिन झन्डा झुकाउने र १३औं दिनमा शोक सभा आयोजना गर्ने निर्णय जानकारी दिएको छ ।
साथै स्वर्गीय अधिकारिको पार्थिब शरिरको अन्त्येष्टि संयुक्त अधिराज्य अमेरिकामै हुने राप्रपा नेपालले जानकारी दिएको छ ।