काठमाडौँ । नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जितेको छ ।
नेपालको जितमा खेलको १२औं मिनेटमा जिलेस्पी जंग कार्कीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
सिंगापुर फिफा वरियतामा १६०औ स्थानमा रहेको छ भने नेपाल १७५औ स्थानमा रहेको छ ।
एक वर्षको कार्यकालका लागि प्रशिक्षकमा नियुक्त भएका रसले पहिलो खेलमा नेपाललाई जित दिलाएर सुखद शुरुवात गरेका छन् ।
नेपालले यो खेलपछि अब मलेसियासँग एएफसी एशियन कपको छनोट खेल खेल्नेछ ।