• २०८१ चैत ९ शनिबार

लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले बुझाए विद्युत् बक्यौताको किस्ता

kharibot

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा रहेको लक्ष्मी स्टीलले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् खपतको बक्यौता महसुल तिरेको छ । 

२३ करोड ७९ लाख रुपैयाँ बक्यौतामध्ये लक्ष्मी स्टीलले शुक्रबार पहिलो किस्ताको ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको नेपाल विद्युत् प्राधिकरण, परासी वितरण केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिएका छन् । उद्योगले २८ किस्तामा बक्यौता तिर्ने भएको बताइएको छ ।

त्यस्तै, सुनवलमै रहेको सर्वोत्तम सिमेन्टले पनि बक्यौताको दोस्रो किस्ता बुझाएको छ । २८ किस्तामा बक्यौता तिर्ने प्रतिबद्धता गरेको उद्योगले शुक्रबार दोस्रो किस्ताको ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको हो । सर्वोत्तम सिमेन्टको विद्युत बक्यौता ११ करोड ९६ लाख रुपैयाँ रहेको प्राधिकरणले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै