• २०८१ चैत ९ शनिबार

मधेश प्रदेशमाथि कर्णालीको फराकिलो जित

kharibot

काठमाडौँ । जारी पीएम कप अन्तर्गत कर्णाली प्रदेशले मधेश प्रदेशमाथि शानदार जित हासिल गरेको छ ।

शुक्रबार एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशलाई ८१ रनको फराकिलो रन अन्तरले पराजित गरेको हो ।

कर्णाली प्रदेशले दिएको २२१ रनको लक्ष्य पछाएको मधेशले ३५.२ ओभरमा अल आउट हुदै १३९ रन मात्र बनाएको थियो ।

मधेशका लागि रुपेश सिंहले सर्बाधिक ३० र बिशाल पटेलले २५ रन बनाएका थिए । त्यस्तै कर्णालीका बलर दिनेश अधिकारीले ४ र दिपेन्द्र रावतले ३ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको कर्णालीले दिपेन्द्र रावतको ६१ रनको सहयोगमा ४९.१ ओभरमा अल आउट हुदै २२० रन बनाएको थियो ।

यो जितपछि कर्णाली प्रदेशको ७ खेलमा चौथो जितसहित ८ अंक भएको छ र चौथो स्थानमा उक्लिएको छ । त्यस्तै मधेश प्रदेशले भने ६ खेलमा चौथो हार बेहोरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै