• २०८१ फाल्गुण ८ बिहीबार

युक्रेन युद्ध रोक्न उच्चस्तरीय वार्ता टोली बनाउन अमेरिका र रुस सहमत

kharibot

काठमाडौँ । युक्रेन युद्ध रोक्न वार्ता गरेका अमेरिका र रुसले वार्ता टोली बनाउने सहमति गरेका छन् ।

साउदी अरेबियामा भएको पहिलो दिनको वार्तापछि दुवै देश वार्ता टोली बनाउन सहमत भएको अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अमेरिका र रुसले युक्रेनमा युद्ध अन्त्य गर्ने बाटोमा काम सुरु गर्न 'उच्चस्तरीय टिम' नियुक्त गर्न सहमत भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

साथै 'द्विपक्षीय सम्बन्धमा' को विषयमा उत्तेजक विषयलाई सम्बोधन गर्न पनि रुस र अमेरिका सहमति भएको उल्लेख छ ।

डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि उनले केहि दिन अघि मात्र रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग टेलिफोन कुराकानी गर्दै युक्रेन युद्ध अन्त्य गर्ने विषयमा वार्ता गर्ने सहमति गरेका थिए । सोहि सहमति अनुरुप अमेरिका र रुसका उच्च अधिकारीहरुले आज पहिलो दिन चार घण्टाभन्दा बढी वार्ता गरेको बिबिसीले उल्लेख गरेको छ ।

रुसले अमेरिकी उच्चस्तरीय टोलीसँग निकै सौहार्दपूर्ण रुपमा वार्ता भएको उल्लेख गर्दै यस अघिका अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन युद्धप्रतिको धारणा अहिले परिवर्तन भएको आफुहरुले महसुस गरेको बताएको छ ।

यस बार्तामा युक्रेन र युरोपियन युनियनलाई संलग्न नगराएको प्रति विशेष चासो राखिएको छ । युक्रेनले आफुहरु संलग्न नहुने कुनै पनि सहमति आफुहरुलाई स्वीकार्य नहुने बताएको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै