• २०८१ फाल्गुण ९ शुक्रबार

ट्रम्प गलत सुचनामा बाँचिरहेका छन्- जेलेन्स्की

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच असमझदारी बढ्ने संकेत देखिएको छ । ट्रम्प र रुसी राष्ट्रपति भ्लादमिर पुटिनको टेलीवार्ताआची अमेरिका रुसले युक्रेन युद्ध अन्त्य गर्न वार्ता शुरु गरेपछि ट्रम्प र जेलेन्स्कीबीच आरोप प्रत्यारोप शुरु भएको हो ।

बुधबार जेलेन्स्कीले पत्रकार सम्मेलनमा बोल्दै ट्रम्प गलत सूचनामा बाँचिरहेको आरोप लगाएका छन् । रुसबाट युक्रेनको बारेमा गलत सूचना फैलाइएको बताउदै जेलेन्स्कीले आफ्नो स्वीकृति मूल्याङ्कन (अप्रुभल रेटिंग) केवल ४ प्रतिशत रहेको भन्दै भ्रम फैलाइएको दाबि गरेका छन् । साथै उनले यदि कसैले उनलाई अहिले नेताको रूपमा प्रतिस्थापन गर्न चाहन्छ भने, त्यसले काम नगर्ने बताए । उनले आफ्नो स्वीकृति मूल्याङ्कन उच्च रहेको दाबि गरे ।

ट्रम्पले मंगलबार जेलेन्स्कीको केवल ४ प्रतिशत मात्र अनुमोदन मूल्याङ्कन रहेको दाबि गरेपछि जेलेन्स्कीको यस्तो टिप्पणी आएको हो ।

साथै जेलेन्स्कीले ट्रम्पले युक्रेनको खनिज पदार्थमा ५० प्रतिशत हिस्सेदारी मागेको विषय उल्लेख गर्दै आफुले सो अस्वीकार गरेको बताए । उनले भने-'मैले युक्रेनलाई बचाइरहेको छु, मैले देश बेच्न सक्दिन ।'

जेलेन्स्कीले युक्रेन युद्धमा ३२० बिलियन डलर खर्च भएको उल्लेख गर्दै यसमा १२० बिलियन युक्रेनका करदाताको पैसा रहेको र २०० बिलियन डलर अमेरिका र युरोपियन युनियनले खर्च गरेको बताए । उनले अमेरिकाको आफ्नो अलग्गै आँकडा रहेको उल्लेख गर्दै उनले ट्रम्पले भने जस्तो ५०० बिलियन डलरको आँकडा सहि नभएको बताए । 

ट्रम्पले रुससँगको सम्बन्ध सुधार गर्न युक्रेनको साथ छोड्ने संकेत पाएपछि जेलेन्स्कीले लगातार युरोपका नेताहरुसँग छलफल गरिरहेका छन् ।
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै