• २०८१ फाल्गुण ९ शुक्रबार

प्रकृतिको मृत्यु प्रकरणमा भारतीय मानव अधिकार आयोगलाई पत्र, सत्य तथ्य छाविनको माग

kharibot

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपाली विद्यार्थी प्रकृती लम्सालको मृत्यु प्रकरणको सत्य तथ्य छाविनको माग गर्दै भारतीय मानव अधिकार आयोगलाई पत्र लेखेको छ ।

भारतको ओडीसा राज्यको भुवनेश्वरस्थित कालिंगा ईन्सिटच्युट अफ ईन्डष्ट्रीयल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी लम्सालको केही दिनअघि शंकास्पद मृत्यु भएको थियो । विश्वविद्यालयको छात्रावासमा मृत भेटिएको घटनाको सम्बन्धमा नेपाली विद्यार्थीले सत्यतथ्य छानबिन गर्न माग गर्दा उनीहरुमाथि भएको कुटपीट र दुर्व्यवहारसमेत भएको थियो । उक्त घटनाको शीघ्र छानबिनको लागि यस आयोगले राष्ट्रिय मानव अधिकार आयोग भारतलाई पत्राचार गरेको छ ।

पत्रमा शंकास्पद मृत्युको घट्नाको अनुसन्धान गरी पीडितलाई न्याय प्रदान गर्न, विश्व विद्यालयमा कुटपीट भएका र दुर्व्यहारमा परेका विद्यार्थीहरूलाई शीघ्र न्याय प्रदान गर्न, अध्ययनरत नेपाली विद्यार्थीहरूको पूर्ण सुरक्षाको प्रत्याभूति गर्दै भयरहित वातावरणमा अध्ययन गर्न पाउने अवस्था सुनिश्चित गर्न, घटनामा संलग्न विश्वविद्यालयका अधिकारीहरु तथा व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई उत्तरदायी बनाउनका लागि अनुरोध गरिएको बताइएको छ ।

साथै, प्राप्त उजूरीको आधारमा आयोगले भारतस्थित नेपाली दुतावास र अन्य माध्ययमबाट समेत घटना र विद्यार्थीको अवस्थाको बारेमा जानकारी लिइरहेको बताइएको छ । उक्त घटनाबाट नेपाली विद्यार्थीहरू अझैपनि भयरहीत वातावरणमा विश्व विद्यालय फर्कन नसकेको जानकारी प्राप्त भएको भन्दै आयोगले सो सम्बन्धमा थप कुटनीतिक पहल गरी विद्यार्थीहरूको अध्ययन गर्न पाउने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै