• २०८१ फाल्गुण ९ शुक्रबार

बाहिरकाले असहमति राखेर केबलकार निर्माण विथोल्न खोज्नु राम्रो होइन- महासचिव पोखरेल

kharibot

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाथीभरा केबलकारको विषयमा बाहिरकाले बिथोल्न खोज्नु राम्रो नभएको प्रतिक्रिया दिएका छन् । पाथीभरामा बन्दै गरेको केबलकार बारे विवाद बढिरहेका बेला सत्तारुढ दल एमालेका महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत केबुलकार बनाउने पक्षमा आफ्नो धारणा राखेका हुन् ।

उनले भनेका छन्- 'ताप्लेजुङवासी आफ्नो जिल्लामा रहेको प्रसिद्ध पाथिभरालाई मुलुकै प्रमुख धार्मिक तथा साँस्कृतिक पर्यटकीय गन्तव्य बनाउने सोचका साथ केवलकार सहितको पूर्वाधार विकास आवश्यक मान्दछन् भने त्यसप्रति बाहिरकाले असहमति राखेर विथोल्न खोज्नु राम्रो होइन ।'

पाथीभरामा बन्दै गरेको केबलकार बारे विवाद कायम रहेको छ । स्थानीयहरुले 'नो केबलकार' समूह नै बनाएर आन्दोलन गरिरहेका छन् । उनीहरूले केबलकार बन्नै नहुने बताइरहँदा सत्तारुढ दलका नेता तथा सांसदहरूले वार्ताको माध्यमबाट समस्याको समाधान गरेर केबलकार बनाउनुपर्ने पक्षमा आफ्नो धारणा राखिरहेका छन् । पाथीभरा केबलकार ग्लोबल आइएमई समुहले करिब ३ अर्बको लगानीमा बनाउने गरि काम शुरु गरेको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै