काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई चुनाव बिनाको तानाशाह भनेका छन् ।
यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसी प्रचारको प्रभावमा रहेको बताएका थिए । जेलेन्स्कीले रुसको लागि धेरै अनुकूल सर्तहरूमा युक्रेन विरुद्धको युद्ध अन्त्य गर्न ट्रम्पले कदम चालिरहेको आरोप लगाएका थिए ।
जेलेन्स्कीको आरोपपछि ट्रम्पले जवाफ दिदै तानाशाह भनेका छन् । ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्-
'सोच्नुस त, एक मध्यम सफल हास्य कलाकार, भोलोडिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिकाले ३५० अर्ब डलर खर्च गरेको विषयमा कुरा गरेका छन् । त्यो पनि त्यस्तो युद् जो जित्न सकिँदैनथ्यो, जुन कहिल्यै सुरु हुनु हुँदैनथ्यो, त्यस्तो युद्ध जो उनी, अमेरिका र ट्रम्पले कहिल्यै समाधान गर्न सक्ने छैनन् । अमेरिकाले युरोपभन्दा २०० अर्ब डलर बढी खर्च गर्यो र युरोपको पैसाको ग्यारेन्टी गरिएको थियो, जबकि अमेरिकाले केही पनि फिर्ता पाउने छैन । यो युद्ध हाम्रो लागि भन्दा युरोपको लागि धेरै महत्त्वपूर्ण भए पनि जो बाइडेनले किन समानताको माग गरेनन् ? जेलेन्स्कीले पनि स्वीकार गरेका छन् कि हामीले पठाएको आधा पैसा हराएको छ ।
अर्कोतर्फ जेलेन्स्कीले चुनाव गराउन अस्वीकार गरे । जेलेन्स्की चुनाव बिनाको तानाशाह हो । उसले छिटो अगाडि बढे राम्रो हुन्छ । नत्र भने, तिनीहरूको कुनै देश बाँकी रहनेछैन । हामी युद्ध अन्त्य गर्न रुससँग सफलतापूर्वक वार्ता गरिरहेका छौं । सबैले विश्वास गर्छन् कि ट्रम्प र ट्रम्प प्रशासनले मात्र यो गर्न सक्छ । बाइडेनले कहिल्यै युद्ध अन्त्य गर्ने प्रयास गरेनन् । युरोप शान्ति ल्याउन असफल भएको छ, र जेलेन्स्की सम्भवतः ग्रेभी ट्रेन चलाइराख्न चाहन्छन् । मलाई युक्रेन मन पर्छ, तर जेलेन्स्कीले भयानक काम गरेका छन्, उनको देश टुक्रिएको छ र लाखौं मानिसहरू अनावश्यक रूपमा मरेका छन् र यो जारी छ ।'
ट्रम्पले युक्रेनमा चुनाव गराउन सुझाव दिएका थिए, जुन युद्ध र मार्शल लका कारण अहिलेसम्म भएको छैन । जेलेन्स्कीले युद्धका कारण युक्रेनको जनमत र अनुमोदन मूल्याङ्कन सही हुन नसक्ने दाबि गर्दै आएका छन् ।