काठमाडौ । नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गर्दै फाइनलमा पुगेको छ ।
विहिबार दशरथ रंगशालामा सम्पन्न लेबनानविरुद्धको खेलमा १-० गोल अन्तरको जित हासिल गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो ।
यस खेलमा खेलको ४३औँ मिनेटमा नेपाली फरवार्ड सावित्रा भण्डारी साम्बाले प्रहार गरेको बल लेबनानकी डिफेन्डरको खुट्टामा लागेर गोल पोष्टमा छिरेको थियो ।
दोस्रो हाफमा कुनै गोल नभएपछि सो गोलनै खेलको निर्णायक गोल बनेको थियो ।
नेपालले पहिलो खेलमा किर्गिस्तानलाई पराजित गरेको थियो ।
नेपालले २ खेलमा ६ अंक हासिल गरेको छ र म्यान्मारसँगै फाइनलमा पुगेको छ । त्यस्तै लेबनान र किर्गिस्तान भने २-२ खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएका छन् ।
फाइनल खेल अघि फेब्रुअरी २३ मा नेपाल र म्यान्मार खेल्ने छन् भने सोहि दिन लेबनान र किर्गिस्तान खेल्ने छन् ।