• २०८१ फाल्गुण ९ शुक्रबार

प्रकृति लम्साल मृत्यु प्रकरणमा किटका संस्थापकलाई छानबिन समितिले बयानका लागि बोलायो

kharibot

काठमाडौँ । भारतको ओडिशास्थित केआईआईटी विश्वविद्यालयमा नेपालकी एक छात्राको शंकास्पद मृत्यु भएको घटनामा विश्वविधालयका संस्थापक अच्युत सामन्तलाई ओडिशा सरकारले गठन गरेको उच्चस्तरीय समितिले बयानका लागि बोलाएको छ ।

ओडिशा टिभीका अनुसार संस्थापक सामन्तलाई शुक्रबार उच्चस्तरीय समितिले बयानका लागि उपस्थित हुन निर्देशन दिइएको छ ।

रिपोर्ट अनुसार, उच्चस्तरीय समितिले बुधबार विश्वविद्यालयको भ्रमणपछिको अवस्थाको समीक्षा गरेपछि यो निर्देशन दिएको हो । समितिले घटनाको बारेमा केही तथ्यहरू सङ्कलन गरेको र ती तथ्यहरूको आधारमा सामन्तलाई सूचना जारी गरिएको बताइएको छ ।

सामन्त शुक्रबार साँझ ओडिशा राज्यको अतिथि गृहको मिनी-कन्फरेन्स हलमा समितिमा उपस्थित हुनेछन् ।

केआईआईटी विश्वविद्यालयमा भएको दुर्भाग्यपूर्ण घटनाका कारण राज्य र देशको बदनाम गरेको भन्दै ओडिशा राज्य सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिएको छ ।

यसैबीच, ओडिशाका कानून मन्त्री पृथ्वीराज हरिचन्दनले जवाफदेहिता कायम राखिने र घटनाहरूमा थोरै मात्र पनि संलग्न कुनै पनि व्यक्तिलाई छानबिन वा न्यायबाट छुट नदिने बताएका छन् ।

यस विषयमा छानबिनका लागि ओडिशा सरकार, गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास सचिव र उच्च शिक्षा विभागका आयुक्त-सह-सचिवको नेतृत्वमा पहिले उच्चस्तरीय समिति गठन गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै