• २०८१ फाल्गुण ९ शुक्रबार

पहिलो हाफमा लेबनानविरुद्ध नेपालको १-० को अग्रता

kharibot

काठमाडौ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको खेलमा पहिलो हाफमा नेपालले लेबनानविरुद्ध १-० को अग्रता लिएको छ ।

खेलको ४३औँ मिनेटमा नेपाली फरवार्ड सावित्रा भण्डारी साम्बाले प्रहार गरेको बल लेबनानकी डिफेन्डरको खुट्टामा लागेर गोल पोष्टमा छिरेको थियो । 

यस प्रतियोगितामा नेपालले पहिलो खेलमा किर्गिस्तानलाई पराजित गर्दै ३ अंक हासिल गरेको छ भने लेबनानले म्यान्मारसँग हार बेहोरेको थियो । 

यसअघि आजै सम्पन्न च्याम्पियनसिप अन्तर्गतको खेलमा म्यान्मारले किर्गिस्तानलाई ५-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै