काठमाडौँ । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा बंगलादेशले भारतलाई २२९ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले तोहिद हृदोयको शतकीय पारीको सहयोगमा ४९.४ ओभरमा अल आउट हुदै २२८ रन बनाएको हो ।
बंगलादेशका लागि हृदोयले ११८ बलमा १०० रन बनाएर आउट भएका थिए भने जाकर अलीले ६५ रन बनाएका थिए । ३५ रनमा ५ विकेट गुमाएको बंगलादेशका लागि हृदोय र जाकारले छैटौं विकेटका लागि १५४ रनको साझेदारी गरेर बंगलादेशलाई खेलमा फर्काएका थिए ।
त्यस्तै भारतीय बलर मोहमद सामीले ५ विकेट लिएका थिए भने हर्सित रानाले ३ र अक्सर पटेलले २ विकेट लिएका थिए ।