• २०८१ फाल्गुण ९ शुक्रबार

युक्रेन युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच साउदी अरेबियामा वार्ता हुने

kharibot

काठमाडौँ । युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच साउदी अरेबियामा वार्ता हुने भएको छ ।

यस वार्तामा युक्रेनलाई आमन्त्रित नगरिएको विषय अहिले चर्चामा रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्ध अन्त्य गर्ने बारेमा फोनमा कुरा गरेपछि साउदी अरेबियामा यस विषयमा वार्ता हुने भएको हो ।

यद्यपि, ट्रम्प र पुटिन बीचको यो कुराकानीपछि, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने कुनै पनि वार्तामा युक्रेन र युरोप हुनुपर्ने जिकिर गर्दै आफुहरु समावेश नभएको सहमति स्वीकार नहुने चेतावनी दिएका छन् । यो वार्ता युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीचको पहिलो वार्ता हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै