• २०८१ फाल्गुण ९ शुक्रबार

बायर्न म्युनिख च्याम्पियन्स लिगको नकआउट चरणमा

kharibot

काठमाडौँ । बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ ।

गएराती सम्पन्न प्लेअफको दोस्रो लिगमा सेल्टिकसँग १- गोलको बराबरी खेलेको बायर्न म्युनिखले समग्रमा ३-२ को नतिजा निकाल्दै नक आउट चरणमा पुगेको हो ।

यस खेलमा बायर्नका लागि अल्फोन्सो डिभिजले इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । त्यसअघि सेल्टिकका लागि निकोलस गेरिट कुहले शुरुवाती गोल गरेका थिए । बायर्नले प्लेअफ को पहिलो लिगमा सेल्टिकलाई २-१ ले पराजित गरेको थियो । अब बायर्नले च्याम्पियन्स लिगको राउण्ड १६ मा बायर लिभरकुसन या एटलेटिको म्याड्रिडसँग खेल्ने छ ।

त्यसैगरी बेनिफिका, क्लब ब्रुगे र फेयनूर्डपनि च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेका छन् । क्लब ब्रुगेले एटलान्टालाई समग्रमा ५-२ ले पराजित गरेको थियो भने बेनिफिकाले मोनाकोलाई समग्रमा ४-३ ले पराजित गरेको थियो । त्यस्तै फेयनूर्डले एसी मिलानलाई समग्रमा २-१ ले पराजित गरेको थियो ।
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै