काठमाडौँ । बार्सिलोना स्पेनिस ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले रायो भल्लेकानोलाई १-० गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो ।
बार्सिलोनाको जित मा खेलको २८औं मिनेटमा रोबेर्ट लेवानडोस्कीले पेनाल्टीमार्फत गरेको गोलनै खेलको निर्णयाक गोल बनेको थियो ।
यो जितपछि बार्सिलोनाको २४ खेलमा ५१ अंक भएको छ र लिगको शिर्ष स्थानमा उक्लिएको छ । २४ खेलमा ५१ अंकसहित नै रियल म्याड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै २४ खेलमा ५० अंक रहेको एटलेटिको म्याड्रिड तेस्रो स्थानमा रहेको छ । त्यसैगरी रायो भल्लेकानोको २४ खेलमा ३५ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।