• २०८१ फाल्गुण ९ शुक्रबार

रियल म्याड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा म्यानचेस्टर सिटी बाहिरियो

kharibot

काठमाडौ । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ ।

प्लेअफ अन्तर्गतको दोस्रो लिगमा म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६-३  गोल अन्तरको नतिजासहित रियल म्याड्रिड नकआउट चरणमा पुगेको हो ।

यस खेलमा रियल म्याड्रिडको जितमा किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । उनले खेलको चौथो, ३३औ र ६१औं मिनेटमा गोल गरेका थिए । त्यसैगरी म्यानचेस्टर सिटीका लागि एक गोल निको गोन्जालेजले गरेका थिए ।

यसअघि पहिलो लिगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीमाथि ३-२ को जित हासिल गरेको थियो ।

यो जितपछि रियल म्याड्रिड च्याम्पियन्स लिगको राउण्ड १६ मा पुगेको छ भने म्यानचेस्टर सिटी च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

अब रियल म्याड्रिडले राउण्ड १६ मा एटलेटिको म्याड्रिड या बायर लिभरकुसनसँग खेल्ने छ ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै