काठमाडौँ । मातृभूमि जागरण अभियान,नेपालको नेतृत्व गरिरहेका नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कामले उनी देश र जनताप्रति जिम्मेवार नभएको बताएका छन् ।
सामाजिक सञ्जालमा १५ बुँदामा ओलीले गरेका पछिल्ला काम उल्लेख गर्दै नेता रावलले ओलीको प्रवृत्तिलाई देखाएको उल्लेख गरेका छन् ।
नेता रावलले आफ्नो आलोचना र टिप्पणी गर्नेमाथि कारवाहीको डण्डा चलाएको, भूमाफिया, दलाल र विचौलियाहरुको स्वार्थ पूरा गर्न अध्यादेश ल्याएको, जलवायु परिवर्तनको कारण नेपालको बिग्रदो वातावरण र पर्यावरणप्रति सम्वेदनशील हुनुको साँटो बनजंगल र बाघको संख्या घटाउनु पर्छ भन्दै विनाशको पक्षपोषण गरेको, नेपालको संविधानद्वारा प्रदत्त लेख्ने, बोल्ने र सभा, संगठनलाई कुण्ठित गर्ने किसिमको कानून ल्याउने तर राष्ट्रिय एकता, सामाजिक सद्भाव र शिष्टता विपरीतका खुला गतिविधिप्रति आँखा चिम्लिने तथा आफ्ना पार्टीका कार्यकर्ताहरुलाई आलोचकहरुका विरुद्ध अशिष्ट र उदण्ड किसिमले सामाजिक सञ्जालमा लेख्न र सामग्री प्रेषित गर्न उक्साएको आरोप लगाएका छन् ।
ओलीमाथि रावलको १५ बुँदे आरोप: