• २०८१ माघ १२ शनिबार

एमालेको पुरै वडा कमिटी भीम रावलको अभियानमा समाहित

kharibot

धनगढी । भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा एमालेका कार्यकर्ता जोडिनेक्रम जारी रहेको छ । 

रावललाई उनको सुदूरपश्चिम प्रदेशले साथ दिने देखिएको छ । रावलको गृह जिल्ला अछामका धेरै नेता कार्यकर्ता खुलेर लागेका छन् । 

यसबीच अछाममा नै एमाले साँफेबगर- १० को वडा कमिटी नै रावलको अभियानमा लागेको छ । उनीहरु आज भएको मातृभूमि जागरण अभियान नेपालको कार्यकर्ता भेलामा सहभागी हुदै पुरै कमिटी अभियानमा समाहित भएका छन् । साथै सो वडामा २५  सदस्यीय 'मातृभूमि जागरण अभियान तदर्थ समिति गठन भएको छ ।

पुस १० गते एमालेले रावललाई कारबाही गर्दै साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेपछि उनले मातृभूमि जागरण अभियान खोलेर संठगन विस्तार गरिरहेका छन् । यस अघि सुदूरपश्चिमका हजारभन्दा बढी एमालेका नेता कार्यकर्ता अभियानमा जोडिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै