काठमाडौँ । आन्ध्र प्रदेशको तिरुपति बालाजी मन्दिरमा भागदौड हुदा ६ जनाको मृत्यु भएको छ ।
गएराति वैकुण्ठद्वार दर्शन टिकट काउन्टर नजिकै भागदौड मच्चिएको थियो । दुर्घटनामा एक महिलासहित छ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । काउन्टर नजिकै ४ हजारभन्दा बढी भक्तजनहरू लाइनमा उभिरहेको र सोही समयमा, भक्तहरूलाई अर्को लाइनमा बस्न भनिएपछि सोक्रममा भागदौड मच्चिएको बताइएको छ ।
तिरुमला तिरुपति देवस्थानमका कार्यकारी अधिकृत जे श्यामला रावले वैकुण्ठ एकादशीको दिन जनवरी १० देखि १९ सम्म वैकुण्ठ ढोका दर्शनको लागि खोलिने बताएकी थिइन् । यसका लागि मानिसहरू टोकन लिन लाइनमा उभिरहेका थिए ।