Skip This
  • २०८१ पौष २५ बिहीबार

इतिहादसँग हारेसँगै अल हिलाल किङ कपबाट बाहिरियो

kharibot

काठमाडौँ । साउदी च्याम्पियन क्लब अल हिलाल किङ कपबाट बाहिरिएको छ । गएराती सम्पन्न क्वाटरफाइनलको खेलमा अल इतिहादसँग पराजित भएर अल हिलाल किङ कपबाट बाहिरिएको हो ।

अल इतिहादले अल हिलाललाई पेनाल्टी सुट आउटमा ३-१ गोल अन्तरले पराजित भएको हो । त्यसअघि अल हिलाल र अल इतिहाद २-२ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो ।

यस खेलमा निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएपछि खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा थप १-१ गोल भएपछि खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।

अल हिलालका लागि सालेम अल्दावसारी र मार्कोस लीओनार्दोले एक एक गोल गरेका थिए । त्यस्तै अल इतिहादका लागि करिम बेन्जमाले दुवै गोल गरेका थिए ।

योसँगै किङ कपको सेमिफाइनलमा अल इतिहादसँगै अल राएद, अल शबाद र अल क्वादसिआह पुगेका छन् । किङ कपको सेमिफाइनलको ड्र भने बाँकी रहेको छ ।

किङ कपको उपाधि अहिलेसम्म अल अहलीले सबैभन्दा बढी १३ पटक जितेको छ भने अल हिलालले ११ पटक यो उपाधि जितेको छ । त्यस्तै अल इतिहादले ९ र अल नासरले ६ पटक यो उपाधि जितेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै