• २०८१ पौष २६ शुक्रबार

लामिछाने र जोशी तत्काल रिहा नहुने

kharibot

पोखरा । रास्वपा सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख र जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

कास्की अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपनि लामिछाने र जोशी तत्काल नछुट्ने भएका छन् । उनीहरुविरुद्ध रुपन्देही, पर्सा, चितवन र काठमाडौंमा पनि सहकारी ठगी मुद्दा रहेकाले उनीहरु तत्काल रिहा नहुने भएका छन् । दुवैले कास्कीमा धरौटी बुझाएपछि काठमाडौं लगिने तयारी रहेको बताईएको छ ।

कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि दुवैलाई प्रतिवादी बनाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनीहरुलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ । उनीहरुलाई बयानको लागि काठमाडौं लैजाने तयारी भइरहेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै