काठमाडौँ । दक्षिणी युक्रेनी शहर जापोरिजियामा रुसको आक्रमणमा १३ जनाको मृत्यु भएको र ३२ जना घाइते भएको बताएका छन् ।
रुसको आक्रमणमा भवनमा आगो लागेको र केही सवारी साधन पनि जलेका थिए । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्ना सहयोगीहरूलाई रुसको आतंकवादविरुद्ध दबाब दिन अपील गरेका छन् ।
रुसी सेनाले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन । आवासीय भवनहरूलाई दुई निर्देशित बमले लक्षित गरिएको बताइएको छ । यसअघि दुई औद्योगिक एकाइहरूलाई लक्षित गरिएको बताइएको छ ।