काठमाडौँ । भारतीय क्रिकेट कप्तान रोहित शर्माले आफुले क्रिकेटबाट अहिले सन्यास नलिने प्स्ष्ट गरेका छन् ।
अष्ट्रेलियाविरुद्धको बोर्डर–गावस्कर सिरिजमा पछिल्लो तीन टेस्टमा भारतको नेतृत्व गरेका रोहित शर्माले पाँचौं टेस्टबाट आफुलाई बाहिर राखेपछि सन्यास लिने अड्कलबाजी चलिरहेका बेला यस्तो प्रतिक्रिया दिएका छन् ।
रोहित शर्माले पाँचौं टेस्टको लंचको समयमा म्याचको ब्रोडकास्टर च्यानलसँग कुरा गर्दै आफ्नो सन्यासको अनुमानलाई खारेज गरेका हुन् ।
पाँचौं टेष्टमा नखेल्ने सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा उनले आफूलाई न विश्राम दिइएको र न त हटाइएको बताए । चयनकर्ता र प्रशिक्षकसँग कुरा गरेपछि उनले आफैं खेलबाट टाढा रहने निर्णय गरेका छन् ।
रोहित शर्माले भने, ‘मैले सन्यास लिएको छैन । बरु, मैले यो परीक्षाबाट बाहिर रहने निर्णय गरेको छु । यो गाह्रो थियो तर यो एक बुद्धिमान निर्णय थियो । कहिले काही टिमलाई अगाडी राखेर निर्णय लिनुपर्छ । मेरो फर्म राम्रो थिएन । म कहिँ जादै छैन । मैले यो खेल मात्र नखेलेको हुँ ।
अष्ट्रेलियाविरुद्धको चौथो टेस्टमा पराजयपछि भारतीय टोलीको ड्रेसिङ रुमबाट विवादका समाचार मिडियामा आइरहेका छन् ।