• २०८१ पौष २६ शुक्रबार

भारतमा एचएमपीभी संक्रमित केस ११ पुग्यो

kharibot

काठमाडौँ । भारतमा अहिलेसम्म मानव मेटाप्न्यूमोभाइरस (एचएमपीभी) का ११ केसहरू पुगेका छन् । 

अहिलेसम्म कर्नाटक, नागपुर र गुजरातमा २-२ केस भेटिएका छन् भने बङ्गाल, तमिलनाडु, चेन्नई मुम्बई र यूपीमा एक एक केस भेटिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

एचएमपीभी केस बाहिर आएपछि राज्यहरूले पनि सतर्कता बढाएका छन् । पञ्जाबमा, वृद्धवृद्धा र बालबालिकाहरूलाई मास्क लगाउन सल्लाह दिइएको छ भने गुजरातमा, अस्पतालहरूमा आइसोलेसन वार्डहरू बनाइँदैछन् । त्यस्तै हरियाणामा पनि स्वास्थ्य विभागलाई एचएमपीभीका केसहरूमा नजर राख्न आदेश दिइएको छ।

यस भाइरसबाट संक्रमित हुँदा, बिरामीहरूमा रुघाखोकी र कोभिड-१९ जस्ता लक्षणहरू देखा पर्छन् । यसको सबैभन्दा बढी प्रभाव साना बालबालिकामा देखिएको छ । यी मध्ये, २ वर्ष मुनिका बालबालिकाहरू सबैभन्दा बढी प्रभावित हुने बताइएको छ । केन्द्रले राज्यहरूलाई 'इन्फ्लुएन्जा जस्तो रोग' र 'गम्भीर तीव्र श्वासप्रश्वास समस्याहरू' जस्ता श्वासप्रश्वास रोगहरूको निगरानी बढाउन र एचएमपी बारे जागरूकता फैलाउन सल्लाह दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै