पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की प्रहरीले परिवारको जिम्मा लगाएको छ ।
अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएपछि लामिछानेले धरौटी बुझाएपछि पोखरास्थित फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण पश्चात प्रहरीले परिवारको जिम्मा लगाएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । कास्की जिल्लाको हिरासतबाट ८४ दिनपछि धरौटीमा रिहा भएका छन् ।
साथै, लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुन मिल्ने सर्तमा कास्की अदालतले हिरासत मुक्त गरेको छ ।