काठमाडौं । अर्जेन्टिनाले विश्वकप छनौट अन्तर्गतको खेलमा उरुग्वेलाई पराजित गरेको छ ।
शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा खेलको ६८औ मिनेटमा थियागो अल्माडाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
लियोनेल मेसी, पाउलो डिबाला जस्ता स्टार खेलाडी बिना अर्जेन्टिनाले जित हासिल गरेको छ ।
यो जितपछि अर्जेन्टिनाको दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत १३ खेलमा २८ अंक भएको छ र शिर्ष स्थानमा छ । त्यसै उरुग्वेको भने १३ खेलमा २० अंक रहेको छ र चौथो स्थानमा छ ।
अब अर्जेन्टिनाले आफ्नै घरेलु मैदानमा आगामी बुधबार ब्राजिलको सामना गर्दै छ ।