काठमाडौं । नेपाली यू–१९ पुरुष राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राईले उनलाई सम्झौतापत्र हस्तान्तरण गरेका हुन्।
योसँगै उनले साफ यू–१९ पुरुष च्याम्पियनसिप प्रतियोगिताका लागि नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी पाएका छन् । उर्जनले यसअघि नेपालमै आयोजना भएको साफ यू२० च्याम्पियनसिपमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उक्त प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो ।
नेपालले साफ यू१९ च्याम्पियनसिपको समूह बी मा रहेको नेपालले पहिलो खेल मे ११ श्रीलंकासँग खेल्नेछ । समूह चरणको दोस्रो खेल मे १३ मा भारतसँग खेल्नेछ । समूह ए मा भने माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ। यस प्रतियोगितामा ६ वटा राष्ट्रले सहभागिता जनाउनेछन् ।