• २०८१ चैत १० आइतबार

जनमत र नागरिक उन्मुक्तिबीच एकता प्रक्रिया अगाडी बढ्यो, दुवैले बनाए कार्यदल

kharibot

काठमाडौं । डा. सिके राउतले नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्तिबीच पार्टी एकता हुने भएको छ । 

नागरिक उन्मुक्तिको केन्द्रीय समितिको बैठकपछि संरक्षक रेशम चौधरीले दुवै दलबीच एकता प्रक्रिया अगाडी बढेको जानकारी दिएका हुन् ।

बैठकले जनमतसँग एकता गर्ने निर्णय र तयारीको लागि कार्यदल बनाएको चौधरीले जानकारी दिएका छन् । 

पार्टी एकतापछि जनमत पार्टीका अध्यक्ष सिके राउत अध्यक्ष हुने छन् भने  रेशम चौधरी संरक्षक र रञ्जिता श्रेष्ठ सहअध्यक्ष बन्ने सहमति भएको छ ।

जनमतले यसअघि नै नाउपासँग एकताको लागि उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा कार्यदल बनाइसकेको छ । कार्यदलमा प्रवक्ता यादव र सचिव बालगोविन्द चौधरी सदस्य छन्।

दुवै दलबीच एकता भएमा यो दल तराई मधेशको सबैभन्दा ठुलो पार्टी बन्ने भएको छ । यी दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सीटसहित छैटौँ ठुलो दल बन्नेछ । संसद्मा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि १० सीट नै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै