काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को १८औं संस्करण आजदेखि सुरु भएको छ ।
यस सिजनको आइपिएलको उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुदै छ । पहिलो खेलमा आज डिफेन्डिङ च्याम्पियन कोलकोता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबि) बीच हुदै छ । यो खेलमा आरिसीबीले टस जितेर पहिला बलिङ गर्ने भएको छ । आरसीबिका कप्तान रजत पाटीदारले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै कोलकोताले पहिला ब्याटिंग गर्ने भएको छ ।