• २०८१ चैत १० आइतबार

कोशीमाथि बागमती प्रदेशको फराकिलो जित

kharibot

काठमाडौं । जारी पीएम कप अन्तर्गत बागमती प्रदेशले कोशी प्रदेशमाथि फराकिलो अन्तरको जित हासिल गरेको छ ।

शनिबार लमहीस्थित देउखुरी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई १३१ रनले पराजित गरेको हो ।

बागमती प्रदेशले दिएको २४१ रनको लक्ष्य पछाएको कोशी प्रदेशले २५.३ ओभरमा अल आउट हुदै १०९ रन मात्र बनाएको

कोशीका लागि आशिष भट्टराईले सर्बाधिक ३७ रन बनाए भने सुजन थपलियाले २५ र फिर्दोश अन्सारीले २४ रन बनाए । त्यस्तै बागमतीका बलर सुर्य तामाङले ५ विकेट लिए भने रिजन ढकालले ३ विकेट लिएका थिए । 

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको बागमतीले ४९.३ ओभरमा अल आउट हुदै २४० रन बनाएको थियो । 

यो जितपछि बागमती प्रदेशले तेस्रो जित हासिल गरेको छ । बागमतीको ७ खेलमा ६ अंक भएको छ र छैटौं स्थानमा रहेको छ ।  त्यस्तै कोशीको भने यो यस प्रतियोगितामा छौतौं हार हो ।  कोशीले एक खेल जितेको र २ अंकसहित पुछारमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै