भैरहवा । जनता समाजवादी पार्टी नेपालमा नेपाली कांग्रेश, नेकपा एमाले, जनमत पार्टी र राप्रपाका शिर्ष नेतृत्वसहित विभिन्न पार्टीका नेता कार्यकर्ता प्रवेश गरेका छन्।
लुम्बिनी प्रदेशको भैरहवामा शनिबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अबिर फूलमालाले स्वागत गरेका छन् ।
जनमत पार्टीका कार्यकारिणी सदस्य एवं जनजाति आदिवासी महासंघका अध्यक्ष कैलाश गुरुङ र जनमतकै कार्यकारिणी समिति सदस्य निलम यादवसहित जनमतको टीम जसपा नेपाल प्रवेश गरेको छ।
नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका स्थानीय प्रभावशाली नेताहरुको समूहले समेत आ-आफ्नो पार्टी परित्याग गरी जसपा नेपाल रोजेका छन्।
पहिचानको मुद्दा, समानुपातिक समावेशीकरण, सामाजिक न्याय र समग्र राष्ट्रको नेतृत्वदायी भूमिकाको लागि एकमात्र विकल्प जसपा नेपाल भएको प्रतिक्रिया दिदै उनीहरु अध्यक्षको हातबाट टिका लगाएर पहिचान र अधिकारको मुद्दामा सक्रिय भएर लाग्ने बचनबद्धता जाहेर गरेका छन् ।
जनताको मुद्दाप्रति स्पष्ट र अडिग भएर अघि बढेको जसपा नेपालमा पछिल्लो समय अन्य पार्टी परित्याग गरी प्रवेश गर्नेको संख्या झन् बढदो छ। खास गरी सरकारले बलजफ्ती ल्याउन खोजेको भूमि सम्बन्धि अध्यादेश राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै त्यसको विरुद्धमा उभिएपछि जनताबीच जसपा नेपाल एउटा विश्वाशिलो र बलियो शक्तिको रुपमा स्थापित भएको हो।