काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा डेनमार्कले पोर्चुगलविरुद्ध महत्वपूर्ण जित निकालेको छ ।
गएराती सम्पन्न खेल डेनमार्कले पोर्चुगललाई १-० गो अन्तरले पराजित गरेको हो । डेनमार्कको जितका खेलको ७८औं मिनेटमा रोसमस होजलुन्डले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । गोल गरेपछि होजलुन्डले आफ्ना आइडल रोनाल्डोकै अगाडी उनको चर्चित सेलिब्रेसन गरेका थिए । यस खेलमा खेलको २४औ मिनेटमा क्रिस्टियन इरिक्सनले पेनाल्टी मिस गरेका थिए ।
अब क्वाटरफाइनलको दोस्रो लिग मार्च २३ मा पोर्चुगलको घरेलु मैदानमा हुने छ । त्यस्तै क्वाटरफाइनलको अर्को खेलमा नेदरल्याण्डस र स्पेनले २-२ गोलको बराबरी खेलेका छन् भने जर्मनीले इटालीले २-१ ले जितेको छ ।