काठमाडौँ । विश्वकप छनौट अन्तर्गत ब्राजिलले कोलोम्बियालाई पराजित गरेको छ ।
शुक्रबार सम्पन्न खेलमा ब्राजिलले कोलोम्बियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिलको जितमा इन्जुरी समयमा भिनिसियस जुनियरले निर्णायक गोल गरेका थिए । त्यस्तै ब्राजिलका लागि पहिलो गोल राफिन्हाले गरेका थिए । त्यसैगरी कोलोम्बियाको लागि लुइस डियाजले बराबरी गोल गरेका थिए ।
यो जितपछि ब्राजिलको दक्षिण अमेरिकी विश्वकप छनौटमा १३ खेलमा २१ अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै कोलोम्बियाको भने १३ खेलमा १९ अंक छ र छैटौं स्थानमा छ ।