काठमाडौँ । इजरायलले दक्षिणी लेबनानमा रहेको हिजबुल्लाहका अड्डाहरूमा आक्रमण शुरु गरेको छ । यी स्थानहरूबाट इजरायलमा रकेट आक्रमण पछि, यसले बदला लिने कारबाही सुरु गरेको हो ।
गत वर्ष नोभेम्बरमा इजरायल र लेबनानबीच युद्धविराम भएको थियो । यसपछि, लेबनानका अड्डाहरूबाट इजरायलमाथि यो पहिलो आक्रमण थियो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा दर्जनौं आतंकवादी लुक्ने ठाउँहरूमा शक्तिशाली आक्रमण गर्न सेनालाई आदेश दिएको बताएका छन् । अर्कोतर्फ, लेबनानको सरकारी समाचार एजेन्सीले इजरायली आक्रमणमा एक जनाको मृत्यु भएको जनाएको छ ।
यसअघि इजरायली सेनाले लेबनानबाट प्रहार गरिएका तीनवटा रकेटलाई विफल पारेको बताएको थियो ।