काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले वामपन्थीलाई जोड्ने सुपरग्लु बन्न नसकेको भन्दै व्यंग्य गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले राजावादी एक हुने कुरा सुनिएको उल्लेख गर्दै वामपन्थीहरुलाई मिलाउने सुपरग्लु संसारको कुनै कम्पनीले बनाउन नसक्नु एआई युगकै चरम असफलता भएको व्यंग्य गरेका हुन् ।
सोमबार पूर्वराजा ज्ञानेन्द्रकै सहमतिमा राजा फर्काउन संयुक्त जनआन्दोलन समिति गठन भएकोप्रति इंगित गर्दै बास्कोटाले अहिले कर्कलोघारी फाँड्न बन्चरो खोज्नु नपर्ने र अर्को माघमा घरघरमा नवराज राजा आउने समेत उल्लेख गरेका छन् ।
उनले भनेका छन्- 'राजावादी जो पश्चगामी हुन एक हुने कुरो सुनिन्छ। तर वामपन्थी जो जन्मजात अग्रगामी हुन तिनलाई मिलाउन -जोडाउन सक्ने सुपरग्लु संसारको कुनै कम्पनीले बनाउन नसक्नु पनि एआई युगकै चरम असफलता लागो मलाई त । अहिले कर्कलोघारी फाँड्न बन्चरो खोज्न पर्दैन । अर्को माघमा घरघरमा नवराज राजा आँउछन ।'