• २०८१ चैत ६ बुधबार

सर्वदलीय सरकारको छलफल भएको छैन, संविधानको रक्षा गर्न क्रियाशील हुन्छौं- कांग्रेस

kharibot

काठमाडौं । नेपाली कांग्रेसले सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल नभएको प्रष्ट परेको छ । 

मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा प्रवक्ता डा. प्रकाशशरण महतले अहिले सर्वदलीय सरकार बनाउने कुनै पार्टीमा छलफल नभएको स्पष्ट गरेका हुन् ।

बैठकले व्यवस्था र संविधानको रक्षाको लागि सम्पूर्णरूपमा क्रियाशील हुने निष्कर्ष निकालेको बताउदै माओवादीसहितको सर्वदलीय सरकार बनाउने विषयमा छलफल नै नभएको दाबि गरे ।

उनले भने- ‘अहिले विपक्षमा रहेका माओवादीसहित अन्य दलहरू पनि अहिलेकै संविधानको रक्षाको पक्षमा छन् । त्यसैले सरकारमा आउँदा गणतन्त्रपक्षधर बलियो हुने र बाहिर हुँदा कमजोर हुने भन्ने परिस्थिति छैन ।’

डा. महतले अहिले उपलब्धिको रक्षा गर्ने कुरा भएको र यो इस्यूमा सबै एकैठाउँमा रहेको बताए । उनले बैठकमा राजावादीहरुको अहिलेको गतिविधि बारेमा सामान्य समीक्षा भएको बताउदै जनताले बनाएको संविधानबाट सरकार सञ्चालित रहेको र निर्वाचित जनप्रतिनिधिले नै शासन गरेर आएको व्यवस्थाको रक्षा गर्नेतर्फ कांग्रेस केन्द्रित हुने निष्कर्ष निकालेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै