काठमाडौं । काठमाडौँको पुल्चोक इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उमेदवार विजयी भएका छन् ।
मंगलबार भएको निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका स्वयं श्रेष्ठले सभापति जितेका छन् ।
स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत श्रेष्ठले एक हजार १०२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी माओवादी क्रान्तिकारीका रसिक लम्सालले ७१० मत प्राप्त गरेका थिए । निर्वाचनमा सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटा विजयी भएका छन् भने कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकाल विजयी भएका छन् ।