• २०८१ चैत ६ बुधबार

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

kharibot

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष माननीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो तथा राखेपका उपाध्यक्ष ध्रुव आचार्यले मस्कट सार्वजनिक गरेका हुन् ।

सोही अवसरमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले दसौं राष्ट्रिय खेलकुदको डेकिकेटेड वेभसाइट सार्वजनिक गरेका थिए । 

राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायतको अनलाइन दर्ता कसरी गर्ने भन्ने विषयमा जानकारी दिन खेलाडी अनलाइन दर्ता सफ्टवेयर भिडियो प्रदर्शन गरिएको थियो । राष्ट्रिय खेलकुदको लोगो र मस्कटलगायत विषयवस्तुलाई समेटी तयार पारिएको एनिमेटेड भिडियो पनि प्रदर्शन गरिएको थियो । 

राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै