काठमाडौं । काठमाडौँको थापाथली इन्जिनियरिङ्ग क्याम्पसको स्ववियू सभापतिमा नेविसंघ विजयी भएको छ ।
नेविसंघका सभापति पदका उम्मेदवार प्रल्हाद खड्का विजयी भएका छन् ।
त्यस्तै सचिवमा भने अखिल क्रान्तिकारीका जेसिस उपाध्याय विजयी भएका छन् भने कोषाध्यक्षमा पनि नेविसंघकै ऋषिकेश प्रजापती निर्वाचित भएका छन् ।
थापाथली इन्जिनियरिङ्ग क्याम्पसमा मंगलबार निर्वाचन भएको थियो ।