• २०८१ चैत ७ बिहीबार

राप्रपाले राजतन्त्रको पक्षमा आफ्नै आन्दोलन अगाडी बढाउने

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजा फर्काउने आन्दोलन अगाडी बढाउने निर्णय गरेको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले गरिरहेको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका छन् । साथै राप्रपाले दुई प्रमुख पार्टी मिलेर बनेको सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको लिङदेनले बताएका छन् ।

उनले नवराज सुवेदीको समितिमा आफु नबस्ने स्पष्ट गर्दै समिति बनाउदा आफुहरुको सहभागिता नरहेको बताएका छन् । उनले राजतन्त्रको पक्षमा आन्दोलन गर्ने सबै समुह, दलहरुप्रति राप्रपाको ऐक्यवद्धता रहने बताउदै आफुहरुले पार्टीले गरिरहेको आन्दोलनलाई नै अगाडी बढाउने निर्णय गरेको बताए ।

अहिले देश सबै क्षेत्रमा असफलताको बाटोतर्फ गइरहेको भन्दै अहिले हरेक महिना ऋण लिएर कर्मचारीको तलब खुवाउनुपर्ने अवस्था रहेको बताए । उनले त्यसकारण अहिलेको अवस्था ल्याउनुमा अहिलेको दलहरु मात्र दोषी छैनन् व्यवस्था पनि दोषी रहेको छ भन्दै नयाँ तरिकाले सहमति गरेर अगाडी जानुपर्ने बताए । 

राप्रपाले आफ्नो नेतृत्वमा अब आन्दोलन गर्ने बताउदै चैत्र १२ गते कार्यक्रम घोषणा गर्ने लिङदेनले जानकारी दिएका छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै