• २०८१ चैत ५ मंगलबार

राजसंस्था पुनर्स्थापनाका लागि राजावादीले बनाए संयुक्त जनआन्दोलन समिति

kharibot

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि राजावादीहरूको तर्फबाट ११ सदस्यीय संयुक्त जनआन्दोलन समिति गठन भएको छ । राजतन्त्रको पक्षमा लागिरहेकाहरुलाई समेट्दै नवराज सुवेदीको संयोजकत्वमा ११ सदस्यीय जनान्दोलन समिति गठन गरिएको हो ।

समितिको सदस्य सचिवमा रविन्द्र मिश्र रहेका छन् भने सदस्यमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, नेताहरु पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी रहेका छन् । त्यस्तै सदस्यमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राजतन्त्रको अभियान चलाइरहेका दुर्गा प्रसाई पनि सदस्य रहेका छन् । त्यस्तै अस्मिता भण्डारी, हरिबहादुर बस्नेत, 
केशरबहादुर बिष्ट र रमा सिंह पनि सदस्य रहेका छन् ।

त्यस्तै पाँच जनाको सल्लाहकार समिति पनि गठन गरिएको छ । जसमा डा. जगमान गुरुङ, बुद्धिराज बज्राचार्य, डा. शास्त्र तत्त्व पन्थ, डा. राजेश अहिराज र खेमराज सेडाई रहेका छन् । सल्लाहकारमा राखिएका अहिराजले भने आफुलाई नसोधी सल्लाहकार बनाइएको भन्दै आफु त्यसमा नरहेको स्पष्ट गरेका छन् ।

राजवादीहरुले संवैधानिक राजसंस्थाको पुनर्स्थापना, सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, सङ्घीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासनको एजेण्डा अगाडी सारेका छन् ।  साथै उनीहरुले आफुहरु शान्ति र अहिंसाका पक्षधर भएको उल्लेख गर्दै शान्तिप्रियतालाई कमजोरी ठानेर हाम्रा एजेण्डाको अपव्याख्या गर्दै सोको आधारमा ठूला पार्टीहरूले कित्ताबन्दी गर्दै प्रतिकारमा उत्रिएमा त्यसको मूल्य निकै महँगो पर्न सक्ने चेतावनी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै